संविधान जारी गरेपछि मात्रै सरकार परिवर्तन : विद्या भण्डारी


नेकपा (एमाले)का उपाध्यक्ष विद्यादेवी भण्डारीले नयाँ संविधान जारी नभएसम्म वर्तमान सरकार परिवर्तन नहुने बताउनुभएको छ । विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले वर्तमान सरकार संयुक्त सरकार भएकाले सानातिना विवाद आउँदैमा सरकार परिवर्तन नहुने दाबी गर्नुभयो । नेत्री भण्डारीले सङ्घीयता, शासकीय स्वरूप तथा निर्वाचन प्रणालीलगायतका विषयमा दलहरूबीच सहमति नभए जनताका बीचमा गएर विवादित विषयलाई जनमत सङ्ग्रहबाट टुङ्ग्याउनुपर्ने पर्ने धारणा प्रकट गर्नुभयो । एमाले नेत्री भण्डारीले आगामी माघ ८ गते नयाँ संविधान जारी गर्नुबाहेक दलहरूसँग अरू विकल्प नभएकाले दलहरूबीच सहमति नभएका विषयलाई थाती राखेर संविधान जारी गर्नुपर्ने बताउनुभयो । उहाँले निर्धारित समयमा संविधान जारी नभए मुलुकमा अन्योल छाउने भएकाले जसरी भए पनि संविधान जारी गर्नेतर्फ दलहरू क्रियाशील हुनुपर्नेमा जोड दिनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]