लाईसेन्स बनाउछु भन्दै ठगी गर्ने पक्राउ


सवारी अनुमतिपत्र बनाइदिने भन्दै पैसा उठाउँदै हिँड्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रूपन्देही मक्रहर–८ बेडरहनीका ३१ वर्षीय भानुभक्त भण्डारी रहेका छन् । बीसजनाले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि प्रहरीले भण्डारीलाई पक्राउ गरेको हो । पक्राउ परेका भण्डारीबाट नगद रु एक लाख ६५ हजार ५००, स्ट्याम प्याड, रातो डट्पेन, कालो डट्पेन, टिपेक्स, पन्चिङ र स्टिज बरामद भएको छ ।    त्यस्तै, विभिन्न व्यक्तिका नागरिकता र फोटोहरू १७ थान, रजिस्टर्ड एक थान, डायरी दुई थान पनि बरामद गरिएको रूपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र ढकालले बताउनुभयो । भण्डारीबाट बरामद डायरीमा १२६ जना विवरण र रजिस्टर्डमा १४३ जनाको नाम, थरसहित सम्बन्धित व्यक्तिसँग उठाएको रकम उल्लेख गरिएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]