पूर्वयुवराज पारस शाह हिरासतमुक्त, मुद्दाको टुंगो केहीदिनमा लाग्ने


पूर्वयुवराज पारस शाह हिरासतमुक्त भएका छन् । बुधबार साँझ उनलाई हिरासतमुक्त गरिएको बताइएको छ । लुंगखाई प्रहरीले १२ दिनभित्र उपस्थित हुनेगरी तारेखमा छोडेको हो । अब उपस्थित हुँदा उनको मुद्दा नै खारेज गर्ने सम्भावना समेत रहेको आज प्रकाशित नेपाल समाचारपत्रले छापेको छ । पत्रिकाका अनुसार बुधबार नै बैंकक पुगेकी सिताष्म शाहसँग पारसको भेट भइसकेको छ । अहिले सकेसम्म छिटो मुद्दाको किनारा लगाउने र नेपाल फर्काउने तयारीमा पारिवारिक श्रोत लागेको छ । करिब १० लाख भाट तिरेर उनलाई तारेखमा रिहा गरिएको हो । तर, सिताष्मसँगको भेटमा पूर्वयुवराजले नेपाल फर्कने ईच्छा व्यक्त गरेका छैनन् । यतिबेला उनकी थाई प्रेमिकासँग सम्पर्क गर्न दिइएको छैन । पारस रिहा भएको न्यूजलाई सकेसम्म लुकाउन खोजिएको छ । यसका लागि त्यहाँ रहेका उनका वकिल साक्छाईले यसलाई गोप्य राखेका छन् । यतिबेला थाई सरकारले समेत पूर्वयुवराज पारस पक्राउ परेको विषयमा विशेष चासो लिएको छ । र, उनको पक्राउको घटनालाई फितलो बनाई छोडिने सम्भावना बढी छ । पारस शाह थाईल्याण्डमा यतिबेला स्टुडेन्ट भिसामा छन् । यसअघि टुरिष्ट भिसामा रिईन्ट्री भिसा हान्दै बसेका उनी पछिल्लो समय स्टुडेन्ट भएर ढुक्कसँग बसेका थिए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]