संविधानबारे सहमति बन्ने महराको विश्वास


एकीकृत नेकपा(माओवादी)का महासचिव कृष्णबहादुर महराले पहिचानका पक्षधर २२ दलको आन्दोलनका कारण सहमतिको वातावरण बन्न थालेको बताउनु भएको छ । पार्टी कार्यालय कोटेश्वरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा महासचिव महराले सहमतिभन्दा पनि प्रक्रियामै जानुपर्छ भन्नेले आन्दोलनका कारण पछिल्लो समय सहमतिका लागि लचकताका देखाउन थालेको टिप्पणी गर्नुभयो । उहाँले आफूहरुको आन्दोलन संविधान लेखनमा व्यवधान उत्पन्न गराउनका लागि नभई संविधान लेखनमा सबै पक्षको सहभागिताको लागि भएको स्पष्ट पार्नु भयो । संविधान लेखनका विवादित विषयमा पछिल्लो समय सहमति नजिक पुग्न थालेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हिँजो र आज भएका संवाद समिति र शीर्ष नेताको छलफलमा धेरै कुरा सहमति नजिक पुगेका छन् । सङ्घीयताको विषयमा पनि सहमति नजिक पुगेका छौँ ।” उहाँले शीर्ष तहमा विवादित विषयमा सहमतिका लागि प्रयास गर्ने र सहमतिमा नभएका विषयमा प्रश्नावली पनि तयार पार्ने र त्यहीबीचमा पनि सहमतिका लागि प्रयास गर्ने सहमति भएको जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]