माछापुच्छ्रे फुटबल क्लबको गाला डिनर सम्पन्न


माछापुच्छ्रे फुटबल क्लबले अवर्नको सफायर सेन्टरमा गाला नाईट सम्पन्न गरेको छ । गाला गत शनिबार ११ अक्टोबरमा आयोजना गरिएको गाला नाईटमा क्लबका खेलाडी, पदाधिकारी, प्रायोजक, समर्थकहरु सहभागी भएका थिए । क्लबका क्याप्टेन ईश्वर पहाडीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा क्लबका संरक्षक विष्णु हमालले क्लबको उद्देश्य र लक्ष्यका विषयमा प्रकाश पार्नुभएको थियो । क्लबका निवर्तमान अध्यक्ष राजकुमार अधिकारीले क्लबले गरेका गतिविधि र प्रगति विवरण सार्वजनिक गर्नुभएको थियो । क्लबको सिनियर तथा युवा खेलाडीका साथै प्रायोजकहरुलाई खादा ओढाएर सम्मान गरिएको थियो । औपचारिक कार्यक्रमको सञ्चालन सन्दिप मल्लले गरेका थिए । क्लब करिब २ वर्षअघि स्थापना भएको हो । छोटो अवधिमा नै क्लबले सफलता हासिल गरेको अध्यक्ष निरज श्रेष्ठ बताउनुहुन्छ । लगातार दुई पटक एमआईटी कप मेलबर्न, च्याम्पियन जिएनसी लिग तथा टुर्नामेन्ट च्याम्पियन, बुद्धकप तथा रेवती कपमा फस्र्ट रनरअपका साथै माछापुच्छ्रे क्लब भेट्रान टिमले जिएनसी कप २०१४ र बुद्धकपमा जीत हासिल गरिसकेको छ । हाल यस क्लबले बास्केटबल खेललाई सशक्त बनाउन प्रतियोगिता सञ्चालन गरिरहेको छ । यसको संरक्षणमा माछापुच्छ्रे बास्केटबल टिम गठन गरी खेलमा भाग लिएको छ । यस टिमले पाचौं नेपसिटी वान डे मेलबर्न २०१४ र नया २०१४ वान डे बास्केटबल टुर्नामेन्टको विजेताको रुपमा प्रदर्शन गरिसकेको छ । क्लब आगामी दिनमा अझ सशक्त भई नेपाली समाजका साथै अन्य स्थानीय र अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा समेत भाग लिएर सशक्त उपस्थिति जनाउने तयारीमा रहेको पदाधिकारीले बताएका छन् । कार्यक्रममा विभिन्न सांगीतीक प्रस्तुति पनि प्रदर्शन गरिएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]