दुई राप्रपाबीच साउन २५ गते एकता हुने, पार्टी अध्यक्ष भने दुई जना रहने

राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा नेपालबीच यही साउन २५ गते एकता हुने भएको छ । दुवै राप्रपाका अध्यक्षहरुले शनिबार संयुक्त वक्तव्य जारी गर्दै एकीकरणको मिति घोषणा गरेका हुन् ।
राप्रपाका अध्यक्ष पशुपतिशमशेर जबरा र राप्रपा नेपालका अध्यक्ष कमल थापाले संयुक्त विज्ञप्ति जारी गरी राजधानीमा वृहत कार्यक्रम गरी पार्टी एकताको गर्ने उल्लेख गरेका छन् । एकीकृत पार्टीको नाम राप्रपा राखिने भएको छ । पार्टीका अध्यक्ष भने दुई जना हुने भएका छन् । राप्रपा नेपालका अध्यक्ष कमल थापा पार्टी एकतापछि पनि अध्यक्ष हुने र राप्रपाका अध्यक्ष पशुपतिशमशेर राणा राष्ट्रिय अध्यक्ष हुने सहमति भएको छ ।
एकीकृत पार्टीको झण्डा हाल राप्रपा नेपालको झण्डा हुनेछ । धर्मनिरपेक्षताका विषयमा विपक्षमा दुवै पार्टी नजिक भए पनि राजतन्त्र र संघीयतामा फरक मत छन् । त्यसबारे आगामी चैतमा हुने महाधिवेशनले टुंगो लगाउने सहमति भएको नेताहरुले बताएका छन् ।
सरकारमा सहभागीताका विषयमा भने दुवै राप्रपाका नेताहरुबीच कुनै सहमति भएको छैन । राप्रपाले वर्तमान सरकारमा सहभागी हुने निर्णय गरिसकेको छ भने राप्रपा नेपालले सहमति नहुने निर्णय गरेको छ । तर, यो विवादलाई एकतापछि टुंगो लगाइने बताइएको छ ।