कालो दिनको सम्झनामा लिम्बुवान राज्य परिषद्ले ग-यो ९ जिल्ला बन्द


Bandaराष्ट्रिय जनमुक्ति पार्टीनिकट लिम्बुवान राज्य परिषद्ले आह्वान गरेको बन्दका कारण पूर्वी नेपालको जनजीवन शनिबार दिनभर प्रभावित बन्यो ।

नेपाल एकीकरणको समयमा लिम्बुवान राज्य खोसिएको भन्दै साउन २२ लाई ‘कालो दिन’ का रुपमा मनाउन अरुण पूर्वका ९ जिल्ला बन्द गरिएको उक्त पार्टीले जनाएको छ ।

ताप्लेजुङ, पाँचथर, धनकुटा, तेह्रथुम, संखुवासभा, ईलाम, सुनसरी, मोरङ र झापामा बन्दका कारण ती जिल्लामा सामान्य प्रभाव प¥यो । अधिकांश जिल्लामा लामो तथा छोटो दुरीका सवारी साधन कम मात्र चलेका कारण सर्वसाधारणलाई समस्या परेको थियो ।

एम्बुलेन्स, प्रेसलगायत आकस्मिक प्रयोजनका सवारी साधन भने सञ्चालनमा आएका थिए भने बन्दले बजार, शिक्षण संस्था, उद्योगधन्दा प्रभावित बने ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]