छोराको हत्यामा संलग्नमाथि कारबाही नभए पाँच दिनपछि आमरण अनसनमा बस्ने गंगामायाको घोषणा


Ganga_Mayaछोराको हत्यामा संलग्नमाथि कारवाहीको माग गर्दै आएकी गोरखाको फुजेलकी गंगामाया अधिकारीले हत्यामा संलग्नलाई कारवाही नगरिए ५ दिनपछि आमरण अनसनमा वस्ने घोषणा गर्नुभएको छ ।

गंगामायाले शुक्रबार वीर अस्पतालको ७ नम्बर क्याबिनबाट छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्नलाई कारवाहीको दायरामा नल्याए पाँच दिनपछि औषधी र पानी पनि नखाने घोषणा गर्नुभएको हो । आफूले किटानी जाहेरी दिएका फुजेलकै छविलाल पौडेल, भीमसेन पौडेल लगायतलाई पाँच दिनभित्र कारवाहीको दायरामा ल्याइनुपर्ने गंगामायाको माग छ ।

गंगामायाले संचारकर्मीसँग कुरा गरिरहेका बखत मानवअधिकारकर्मी चरण प्रसाईं र दिनेश त्रिपाठी पनि वीर अस्पताल पुगेका थिए । प्रसाईं र त्रिपाठीले संचारकर्मीसँग बोल्ने विषयबारे गंगामायालाई सिकाएका थिए । २०६१ सालमा माओवादी कार्यकर्ताबाट मारिएका छोराको हत्यामा संलग्नमाथि कारवाहीको माग गर्दै गंगामाया अनसन बसेको साँढे चार वर्ष भइसकेको छ । हत्यामा संलग्नमाथि कारवाहीको माग गर्ने क्रममा अनसन बसेको ३ सय ३४ औं दिनमा गंगामायाका पति नन्दप्रसादको निधन भएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]