हजको आलोचना गर्दा बंगलादेशी मन्त्रीको भयो विजोग, मन्त्रीबाट हटाइएलगत्तै अब पक्राउ पूर्जी पनि जारी


बङ्गलादेशको अदालतले मुसलमानको वार्षिक हज तीर्थयात्राको आलोचना गरेकामा देशव्यापी विरोध भोगेका र गत साता बर्खास्त गरिएका मन्त्री अब्दुल लतिफ सिद्दिकीमाथि बुधबार पक्राउ आदेश जारी गरेको छ । बङ्गलादेशको राजधानी ढाकाका प्रमुख महानगरपालिका अदालतले पूर्वमन्त्री सिद्दिकीले मुलुकको बहुसङ्ख्यक मुसलमान जनताको धार्मिक भावनामा चोट पु¥याएको भनी पक्राउ आदेश जारी गरेको जानकारी प्रहरी निरीक्षक अमिनुर रहमानले दिए । रहमानले पक्राउ आदेश सिद्दिकीको गृहनगरको प्रहरी कार्यालयमा पठाइएको जानकारी दिए । सिद्दिकी प्रधानमन्त्री सेख हसिनाको मन्त्रिपरिषदमा प्रभावशाली मन्त्री हुनुहुन्थ्यो र उहाँले गत महिना प्रधानमन्त्री हसिनासँग न्यु योर्कको यात्रा गर्नुभएको थियो । उहाँले त्यस समयमा हज तीर्थयात्रा तथा अराजनीतिक इस्लामी समूह ताब्लिग जमातको पनि आलोचना गर्नुभएको थियो । न्यु योर्कमा बङ्गलादेशी मूलका वासिन्दालाई उहाँले आफू हज तथा ताब्लिग जमातको विरोधी रहेको बताउनुभयो । उहाँले २० लाख जनता साउदी अरेबियामा हज गर्न जाने भएको र यो जनशक्तिको दुरूपयोग भएको बताउनुभयो । उहाँले हज गर्न जाने व्यक्तिले कुनै पनि उत्पादकत्व नदिने पनि उल्लेख गर्नुभयो र उहाँको भनाईलाई टेलिभिजनले प्रसारण गरेको थियो । उहाँले हज तीर्थयात्रीले अर्थतन्त्रबाट ठूलो रकम निकाली विदेशमा खर्च गर्ने गरेको पनि आरोप लगाउनुभयो । उहाँको टिप्पणीको तत्कालै कट्टरपन्थी इस्लामी समूह हेफाजत–ए–इस्लामले विरोध जनाएको थियो र उहाँलाई मन्त्रिपरिषद्बाट हटाउन सरकारलाई २४ घण्टाको समय दिएको थियो । स्वदेश फर्केपछि धर्मनिरपेक्ष सरकारको नेतृत्व गर्नुभएका प्रधानमन्त्री हसिनाले सिद्दिकीलाई बर्खास्त गर्नुभएको थियो र उहाँले सिद्दिकीलाई सत्ताधारी अवामी लिग पार्टीबाट हटाउने पाइला चाल्नुभएको थियो । सिद्दिकीलाई पार्टीबाट हटाइएमा उहाँले संसदमा आफ्नो स्थान गुमाउनु हुनेछ । न्यु योर्कको उक्त भेलामा सिद्दिकी एक्लो वक्ताको रूपमा उपस्थित हुनुहुन्थ्यो र टिभीमा देखाइएअनुसार उहाँले प्रधानमन्त्री हसिनाका प्रभावशाली पुत्र तथा प्रविधि सल्लाहकार सजिब वाजेदकाको पनि आलोचना गर्नुभएको थियो । सिद्दिकी हाल भारतको कोलकातामा बसोबास गरिरहेको विश्वास गरिएको छ । उहाँले प्रधानमन्त्रीका पुत्रप्रति गरिएको टिप्पणी फिर्ता लिँदै उहाँ मुलुकको भविष्य भएको बताउनुभएको थियो । उहाँले हजका विषयमा भने आफ्नो टिप्पणी फिर्ता लिन अस्वीकार गर्नुभएको छ । उहाँले सन् १९८८ मा हज तीर्थयात्रा गर्नुभएको बङ्गलादेशका स्थानीय दैनिकहरूले उल्लेख गरेका छन् । सिद्दिकीलाई पक्राउ आदेश जारी गरिएपछि उहाँ कारवाहीबाट बच्न विदेशमा बढी समय बस्नुपर्ने देखिएको छ । अर्कोतर्फ उहाँले लेखक तसलिमा नसरिनले झै प्रवाशमा बस्नुपर्छ । स्वघोषित नास्तिक नसरिन बङ्गलादेशबाट सन् १९९४ पलायन भएपछि भारतमा बसोबास गर्नुहुन्छ । उहाँको उपन्यासको इस्लामीहरूले विरोध जनाएका थिए र उनीहरूले उहाँको हत्या गर्ने चेतावनी दिएका थिए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]