नेजा पुरस्कार जाजरकोटका पत्रकार जनक केसीलाई प्रदान


NEJAनेजा उत्कृष्ट ग्रामिण पत्रकारिता पुरस्कार जाजरकोटका पत्रकार जनक केसीले पाएका छन् ।

नेपाल—अमेरिका पत्रकार संघ (नेजा)ले नेपाल पत्रकार महासंघसँग मिलेर स्थापना गरेको १ लाख ११ हजार १ सय ११ रुपैयाँ राशीको पुरस्कार जाजरकोटका पत्रकार केसीले पाएका हुन् । नेजा र महासंघले शुक्रबार काठमाडौमा एक समारोह गरेर पत्रकार केसीलाई पुरस्कार रकम प्रदान गरेका छन् ।

हरेक दुई वर्षको अन्तरालमा दिइने यो पुरस्कार यसअघि हेटौंडाका पत्रकार प्रताप विष्ट र सुर्खेतका पत्रकार कलेन्द्र सेजेवालले पाएका थिए । नेजाले सडक दुर्घटनामा परी घाइते भएका रौतहटका पत्रकार नरहरि आचार्यलाई २ लाख ४५ हजार रुपैयाँ सहयोग गरेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]