नरेन्द्र प्यासीको स्वरमा तिमीले हाँसे गजल भन्दै महेश र निरोशाको रोमान्स


अष्ट्रेलियामा नेपाली म्युजिक भिडियो बन्ने क्रमको पछिल्लो पंक्तिमा गायक नरेन्द्र प्यासीको तिमीले हाँसे गजल, तिमीले रोए गजल बोलको गीत उभिएको छ । Romance1जीवन रसाइली निर्देशित यस भिडियोको चर्चा यतिबेला अष्ट्रेलियामा निकै बढेको छ । मुख्यतः स्थानीय व्यवसायी महेश भण्डारीले मुख्य भूमिका निर्वाह गरेको भिडियोमा आफ्नो जीवनसंगीनीको प्रशंसामा गाइएको यो गीत निकै आकर्षक बनेको छ । romanceउनलाई साथ दिएकी छिन् श्रीलंकन मोडल निरोशा दामायन्थीले । कलेजबाटै एकअर्काप्रति आकर्षित उनीहरुको सुखपूर्ण जीवनका दृश्य देखाउने क्रममा मेलबर्नका विभिन्न ठाउँमा छायांकन गरिएको यो भिडियोमा दुबैबीचको रोमान्स देख्न पाइन्छ । सगरमाथा डिजिटलले बजारमा ल्याएको यो गीतका गायक नरेन्द्र प्यासी हुन् भने आनन्द अधिकारीको शब्द छ । posterगोल्डेन कंगारु फिल्मसले भिडियो प्रस्तुत गरेका हो । मेरो कन्सल्टेन्सीका सञ्चालक एवं शैक्षिक परामर्शदाताका रुपमा मेलबर्नमा क्रियाशील व्यवसायी भण्डारीको मोडलिङ साइनो के हो ? हामीले सौध्यौं । भण्डारीका अनुसार अलि ठिटो होइन परिपक्व उमेरकै मोडल चाहिएपछि निर्देशकले उनलाई एप्रोच गरेछन् । “मैले अर्को खोजिदिन्छु भनेको थिएँ तर तपाईं नै फिट हुनुहुन्छ यो क्यारेक्टरमा भनेपछि मैले यो अवसर पाएको हुँ । तर, काम गर्दै जाँदा हरेक टेक वन सट ओके हुन थालेपछि भने मैले प्रशंसा नै पाएँ ।” भण्डारीलाई चलचित्र खेल्ने रहर थियो, हिरो बन्ने चाहना थियो । तर, यो कथा थियो जब उनी जब टिनएजमा थिए । उनी भन्छन्, “यो स्वाभाविक चाहना थियो । सबै केटाहरुको जस्तै । तर, चाहना पूरा भएन ।” अहिले भने भण्डारीलाई म्युजिक भिडियोमा खेल्नु या सिनेमाको पर्दामा आउँदा खुशी लाग्छ । भन्छन्, “अझै पनि अफर आयो भने खेल्छु ।” हुनतः उनको कन्सल्टेन्सीले विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरुको प्रायोजन पनि गर्दछ । पछिल्लो समय नाचौं गाउँ रमाइलो साँझ २०७३ को मुख्य प्रायोजन गरेको थियो । उनको हिमचिम गायिका ज्योति मगरसँग निकै थियो । hariधेरैले ज्योति मगरको म्युजिक भिडियोमा नै उनी आउन लागेका हुन् भन्ने अड्कल धेरैले गरेका थिए ।  तर, त्यसो पनि भएन । उनले स्पष्टीकरण दिए, “नेपालबाट आउने सबै कलाकारहरु हाम्रो देशका गहना हुन् । उनीहरुको सम्मान गर्नु, उनीहरुलाई समय दिनु स्वाभाविक हो । ज्योतिजी पनि मलाई मनपर्ने कलाकार हो । यही मन पराईले नै अलि नजिक तुल्याएको हो । म्युजिक भिडियो खेल्ने कुरा भएको थिएन त्यतिबेला । मैले मेरो कन्सल्टेन्सीको प्रबद्र्धनका लागि भने उक्त टोलीमा रहनुभएका सबै कलाकारहरुलाई आग्रह गरे अनुसार उहाँहरु मेरो कार्यालयमा पनि आउनुभयो । यत्ति हो ।”

जे होस्, यतिबेला भने भण्डारी सामाजिक सञ्जालमा आफ्नो अभिनयको बारेमा आएका प्रतिक्रियाबाट निकै सन्तुष्ट देखिन्छन् । आफ्नो व्यवसाय सँगै नेपाली गीत संगतिमा पनि योगदान दिनु र देशभन्दा टाढाको भूमिमा रंगकर्मका लागि प्रोत्साहित हुनु पक्कै पनि खुशीकै विषय हो ।
तिमीले हाँसे गजल बोलको यो गीतमा महेश र निरोशाको रोमान्स हेर्न यो लिंकमा क्लीक गर्नुहोला ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]