भारतीय राजदूत पुगे नवनिर्वाचित प्रधानमन्त्री प्रचण्डलाई भेट्न, के भने राजदूतले ?


Prachanda_Ranjit-Reyनवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भारतीय राजदूत रणजित रायले बधाई दिनुभएको छ ।

राजदूत रायले बिहीबार प्रचण्ड निवास लाजिम्पाटमै पुगेर बधाई दिनुभएको हो । त्यस क्रममा राजदूत रायले प्रचण्डलाई सफल कार्यकालको शुभकामना दिएको उहाँको निजी सचिवालयले जनाएको छ । राजदूत रायले प्रचण्डलाई भारत भ्रमणको निम्तासमेत दिनुभएको बताइएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भने बुधबार नै प्रचण्डलाई टेलिफोन गरी प्रधानमन्त्रीमा निर्वाचित भएकोमा बधाई दिँदै सफल कार्यकालको शुभकामना दिनुभएको थियो । मोदीलेसमेत नवनिर्वाचित प्रधानमन्त्री प्रचण्डलाई भारत भ्रमणको निम्ता दिनुभएको थियो ।

यसअघि बुधबार साँझ चिनियाँ राजदूत ऊ चुन्ताईले लाजिम्पाट पुगेर प्रधानमन्त्री प्रचण्डलाई बधाइ दिएका थिए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]