अर्जुननरसिंह केसीको नाम पार्टीले सिफारिस गरे पनि मन्त्रीको सपथ लिन गएनन्, किन असन्तुष्ट बने त केसी ?


Arjun_Narsinghआफूले रोजेको मन्त्रालय नपाएपछि नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसी मन्त्री पदको सपथ लिनुभएन ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा पहिलो चरणमा पठाउनका लागि नेपाली कांग्रेसले तीन जना मन्त्रीको नाम चयन गरेको थियो । तर कुनै पनि नेताको नाममा मन्त्रालयले भने छुट्याइएको थिएन ।

नेता केसीले कांग्रेसबाट सरकारको नेतृत्व गर्ने चाहना रहँदै आएको थियो । त्यो पूरा नहुने भएपछि उहाँले गृहमन्त्रालय आफूलाई दिनुपर्ने माग सभापति शेरबहादुर देउवासमक्ष राख्नुभएको थियो ।

सभापति देउवाले गृहमन्त्रालयको जिम्मेवारी केसीलाई दिन नसक्ने जवाफ दिएपछि उहाँले मन्त्री पदको सपथ नलिनुभएको बताइएको छ । सभापति देउवाले केसीलाई रक्षा वा स्वास्थ्य मध्ये एक रोज्न भन्नुभएको थियो ।

देउवाले सरकारमा पार्टीको नेतृत्व गर्ने गरी विमलेन्द्र निधिलाई उपप्रधान एवं गृहमन्त्री दिनुभएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]