नवनिर्वाचित प्रधानमन्त्री प्रचण्डबाट दुई उपप्रधानमन्त्रीसहित पाँच मन्त्री नियुक्त


Nidhi_Mahara

नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहालले दुई जना उपप्रधानमन्त्रीसहित पाँच जना मन्त्री नियुक्त गर्नुभएको छ ।

दाहालले नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरालाई उपप्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

नवनियुक्त उपप्रधानमन्त्रीहरुलाई राष्ट्रपति भण्डारीले पद तथा गोपनियताको सपथ खुवाउनुभयो । प्रधानमन्त्रीको उपस्थितिमा राष्ट्रपति भण्डारीले निधि र महरालाई सपथ गराउनुभएको हो ।

3 Minister

यसैगरी प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसका नेता रमेश लेखक र नेकपा माओवादी केन्द्रका नेता गौरीशंकर चौधरी तथा दलजित श्रीपाइलीलाई मन्त्रीमा नियुक्त गर्नुभएको छ । उहाँहरुलाई पनि प्रधानमन्त्रीको उपस्थितिमा राष्ट्रपति भण्डारीले पद तथा गोपनियताको सपथ गराउनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]