प्रचण्डले लिए देश र जनताका नाममा प्रधानमन्त्री पदको सपथ


Prachanda_Sapath

नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनियताको सपथ लिनुभएको छ । राष्ट्रपति कार्यालय शितल निवासमा बिहीबार आयोजित विशेष समारोहमा राष्ट्रपति विद्या भण्डारीले दाहाललाई सपथ खुवाउनुभएको हो । उहाँले देश र जनताका नाममा सपथ ग्रहण गर्नुभयो ।

सपथग्रहण कार्यक्रममा उपराष्ट्रपति, पूर्वप्रधानमन्त्रीहरु, सभामुख, प्रधानन्यायाधीश, संवैधानिक अंगका प्रमुखहरु, सुरक्षा अंगका प्रमुखहरु,  कुटनीतिक नियोगका प्रतिनिधिहरु लगायत सहभागी थिए । त्यसैगरी विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता पनि सपथ ग्रहण समारोहमा सहभागी भएका थिए ।

दाहाल बुधबार संसद्मा भएको निर्वाचनमा ३६३ मत पाएर प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको थियो । उहाँको विपक्षमा २१० मत परेको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]