नवनिर्वाचित प्रधानमन्त्री दाहालको सपथ बिहीबार हुने

नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार पद तथा गोपनियताको सपथ लिनुहुने भएको छ ।
नवनिर्वाचित प्रधानमन्त्री दाहाललाई बिहीबार दिउँसो ३ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा गरिने विशेष कार्यक्रममा पद तथा गोपनियताको शपथ खुवाउने कार्यक्रम तय भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
प्रधानमन्त्रीका लागि बुधबार संसदमा भएको मतदानमा नेकपा माओवादी केन्द्रका अध्यक्ष रहेका दाहालले ३६३ मत ल्याएर निर्वाचित हुनुभएको थियो