प्रधानमन्त्रीमा निर्वाचित भएपछि दाहाललाई भारत र चीनको बधाई, भारत भ्रमणको निम्तो


Dahal_Modi  नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाललाई छिमेकी मुलुक भारत र चीनले बधाई दिँदै सफल कार्यकालका लागि शुभकामना दिएका छन् ।

प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन गरेर बधाई एवम् सफल कार्यकालका लागि शुभकामना दिएका हुन् ।

नवनिर्वाचित प्रधानमन्त्री दाहालका प्रेस सहयोगी पूर्ण कार्कीका अनुसार भारतीय प्रधानमन्त्री मोदीले बधाईकै क्रममा प्रधानमन्त्री दाहाललाई भारत भ्रमणको निम्तोसमेत दिएका छन् ।

यस्तै, काठमाडौंस्थित चिनियाँ राजदूत ऊ चुन्ताईले दाहाल निवास लाजिम्पाटमा पुगेर उहाँलाई चिनियाँ प्रधानमन्त्री ली खछ्याङ र चिनियाँ जनताका तर्फबाट बधाई दिएका छन् .

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]