संघीय गठबन्धनसँग कांग्रेस र माओवादीको तीन बुँदे सहमति (सहमतिपत्रसहित)


3_dal_baithakनेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र आन्दोलनरत संघीय गठबन्धनबीच तीन बुँदे सहमति भएको छ ।

बुधबार बसेको त्रिपक्षीय बैठकमा नयाँ सरकारले मन्त्रिपरिषद बैठकबाट गठबन्धनले उठाउँदै आएको मधेसी आन्दोलनका क्रममा मृत्यु भएकालाई सहिद घोषणा गर्ने, मृतकका परिवारलाई क्षतिपूर्ति, घाइतेको निःशुल्क उपचार, पक्राउ परेका कार्यकर्ता रिहा  गर्ने सहमति भएको छ ।

त्यसैगरी दोस्रो चरणमा निश्चित समयभित्र संविधान संशोधनमार्फत सीमाकंलनलगायतका विषयमा सहमति गर्ने र गठबन्धनले प्रधानमन्त्रीका उम्मेरवार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई मतदान गर्ने सहमति भएको छ ।

Sahamati Patra

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]