थारु सम्मेलनमा पुगेर प्रधानमन्त्रीले भने, संविधान माघ ८ मै आउँछ


प्रधानमन्त्री सुशील कोइरालाले लोकतन्त्रले सबैको अधिकार, कला, धर्म संस्कृतिको संरक्षण गर्ने बताउनुभएको थारु कल्याणकारी सभाको २१औँ महाधिवेशनको झापा बिर्तामोडमा उद्घाटन गर्दै उहाँले प्रजातान्त्रिक व्यवस्थामा विचार विज्ञान दुबैको विकास हुने बताउनुभयो उहाँले तत्कालीन माओवादीसँग भएको बाह्रबुँदे सम्झौतापछि मुलुकमा शान्ति प्रक्रिया प्रारम्भ भएको उल्लेख गर्दै निराशा आशङ्का गर्ने कार्यले जनतामा भ्रम फैलिन्छ भन्नुभयो प्रधानमन्त्री कोइरालाले राजनीतिक स्थायित्व बनाएर सङ्गठितरुपमा अघि बढ्न सबैसँग आग्रह गर्नुभयो नयाँ संविधान माघ मै जारी हुने दाबी गर्दै उहाँले बृहत् राजनीतिक सभालाई नेकपा (माओवादी)लगायतको समूहले बहिस्कार गरेर गल्ती गरेको बताउनुभयो प्रधानमन्त्री कोइरालाले उपलब्ध सबै स्रोत सम्भावनालाई परिचालन गरेर मुलुकलाई विकासको मार्गमा उन्मुख गर्ने दृढता पनि  प्रकट गर्नुभयो कृषि, पर्यटन जलस्रोतमा लगानी बढाउन सरकारले वातावरण तयार गरेको उहाँको भनाइ थियो उहाँले नयाँ संविधान जारी गर्नुको विकल्प नभएकाले केही विषयमा रहेको मतभिन्नतालाई सहमति, सहकार्य छलफल गरेर टुङ्गो लगाउने बताउनुभयो सो कार्यक्रममा थारु नेता राजकुमार लेखीलगायतले बोल्नुभएको थियो कार्यक्रममा प्रधानमन्त्री कोइरालाले हृदय चौधरीद्वारा लिखित थारु भाषाको दोस्रो महाकाव्यको लोकार्पण पनि गर्नुभयो कार्यक्रममा प्रधानमन्त्री कोइरालाले थारु कल्याणकारी सभा झापाका सभापति कालीलाल चौधरीको हालै भएको निधनप्रति दुःख प्रकट गर्नुभयो सम्मेलनमा २४ जिल्लाका पर्यवेक्षक प्रतिनिधि सहभागी छन् सम्मेलन तीन दिनसम्म चल्नेछ

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]