प्रधानमन्त्रीका लागि प्रचण्डको मात्र उम्मेदवारी, तर सर्वसम्मत नहुने


Ummadari_Darta

प्रधानमन्त्रीका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको मात्र उम्मेदवारी परेको छ ।

प्रधानमन्त्रीको उम्मेदवार दर्ताका लागि सोमबार बिहान ११ बजेदेखि ४ बजेसम्मको समय तोकिएकोमा प्रचण्डको मात्र उम्मेदवारी परेको हो । उहाँले ११ बजेर २५ मिनेटमा उम्मेदवारी दर्ता गराउनुभएको हो । प्रचण्डको प्रस्तावकमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र समर्थकमा माओवादीका कृृष्णबहादुर महरा, संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवसहितका नेता छन् ।

प्रधानमन्त्री पदका लागि प्रचण्डको मात्र उम्मेदवारी परे पनि सर्वसम्मत भने नबन्ने निश्चित भएको छ । संसदको नियमावली अनुसार मतदान प्रक्रियामा लैजानुपर्छ । बुधबार बिहान ११ बजेको संसद बैठकमा प्रधानमन्त्री पदको निर्वाचन हुनेछ । र, प्रचण्डको उम्मेदवारी प्रस्तुत भएपछि पक्ष–विपक्षमा मतदात हुनेछ ।

संसदमा अहिले ५९५ सांसद छन् र प्रधानमन्त्रीमा निर्वाचित हुन २९८ मत आवश्यक पर्छ । अहिलेसम्मको अवस्था हेर्दा प्रचण्डको पक्षमा ३६६ भन्दा बढी सांसद देखिएका छन् ।

उहाँको विपक्षमा संसद्को दोस्रो ठूलो दल एमालेसहित केही साना दल छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]