एमालेले प्रधानमन्त्री पदका लागि उम्मेदवारी नदिने, प्रचण्डको पक्षमा भोट पनि नहाल्ने


UML Officeनेकपा एमालेले प्रधानमन्त्री पदमा उम्मेदवारी नदिने भएको छ । मंगलबार बसेको एमाले स्थायी कमिटीको बैठकले भर्खरै प्रधानमन्त्रीबाट राजीनामा दिएको दलले पुनः उम्मेदवारी दिनु उचित नहुने निष्कर्ष निकाल्दै प्रधानमन्त्रीमा उम्मेदवारी नदिने निर्णय गरेको हो ।

तर, एमालेले प्रधानमन्त्रीका उम्मेदवार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

यसअघि एमालेले दाहालका विरुद्ध उपाध्यक्ष बामदेव गौतम तथा संसदीय दलका उपनेता सुवाष नेम्वाङमध्ये एकजनालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने चर्चा थियो । तर अन्तिम अवस्थामा  बसेको स्थायी कमिटीको बैठकले प्रधानमन्त्रीमा उम्मेदवारी नदिने निर्णय गरेको हो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]