विभिन्न मुलुकका लागि प्रस्तावित राजदूतको सुनुवाइ शुरु


Samsadiya_Sammittee_Rajdootसंसदीय सुनुवाइ विशेष समितिले विभिन्न मुलुकका लागि प्रस्तावित राजदूतहरुको सुनुवाइ सुरु गरेको छ ।

संसदीय सुनुवाइ विशेष समितिले प्रस्तावित राजदूतहरुको मंगलबार सुनुवाइ सुरु गरेको हो । समितिले मंगलबार पाकिस्तानका लागि प्रस्तावित राजदूत सेवा लम्साल अधिकारी, बाज्रिलका प्रस्तावित राजदूत ताराप्रसाद पोखरेल, संयुक्त राष्ट्रसंघीय कार्यालय भियनाका लागि प्रस्तावित स्थायी प्रतिनिधि प्रकाशकुमार सुवेदी र बेलायतका लागि प्रस्तावित राजदूत डा. दुर्गाबहादुर सुवेदीको पालैपालो सुनुवाइ गरेको छ ।

सुनुवाइका क्रममा सांसदहरुले प्रस्तावित राजदूतहरुसँग विभिन्न विषयमा जिज्ञासा राखेका थिए । जवाफमा प्रस्तावित राजदूतहरुले आफूलाई खटाइएको मुलुकमा नेपाललाई अधिकतम हित हुने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

बाँकी प्रस्तावित राजदूतको दिनको चार जनाका दरले सुनुवाइ गर्ने कार्यसूची छ । प्रस्तावित राजदूतहरुको सुनुवाइ गर्नु पहिले समितिले उजुरीकर्ताहरुलाई बोलाएर छलफल  गरेको थियो । सरकारले गत वैशाखको पहिलो साता विभिन्न २२ वटा मुलुकका लागि राजदूतको नाम सिफारिस गरेको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]