इन्धनको मूल्य घट्यो, ग्याँस २५ रुपैयाँ सस्तो

नेपाल आयल निगमले पेट्रोेलिमय पदार्थको मूल्य घटाएको छ । निगमले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल र एलपीजी ग्यासको मूल्य घटाएको हो ।
निगमले पेट्रोलमा लिटरका दुई रुपैयाँले मूल्य घटाएर प्रतिलिटर ९७ रुपैयाँ कायम गरेको छ भने डिजेल र मट्टितेलमा पनि समान २÷२ रुपैयाँले घटाएर प्रतिलिटर ७३ रुपैयाँ कायम गरेको छ । यसअघि पेट्रोलको ९९ रुपैयाँ र डिजेल र मट्टितेलको ७५ रुपैयाँ थियो ।
त्यसैगरी निगमले एलपीजी ग्यासको मूल्य पनि प्रतिसिलिन्डर २५ रुपैयाँले घटाएको छ । यसअघि १४ सय रुपैयाँ प्रतिसिलिन्डरमा पाइने ग्यास अब १३ सय ७५ रुपैयाँमै पाइने छ ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेपछि भारतीय आयल कर्पोरेसनले तेलको मूल्य घटाएर आयल निगमलाई पठाएको थियो ।