प्रहरी महानिरीक्षकबाट सिआईबी र लागूऔषध नियन्त्रण ब्यूरोमा छड्के

प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले नेपाल प्रहरीको दुई महत्वपूर्ण शाखा सिआईबी र लागू औषध नियन्त्रण ब्युरोमा मंगलबार छड्के जाँच गर्नुभएको छ । बिहान सिआईबीमा छड्के हान्न पुगेका आईजीपी अर्यालले दिउँसो तिनकुनेस्थित लागू औषध नियन्त्रण ब्युरो पुग्नुभएको थियो ।
सिआईवीमा निर्देशन गर्दै आईजीपी अर्यालले सिआईवीले अपराध अनुसन्धानमा निभाएको भूमिकाको प्रशंसा गर्नुभएको थियो । उहाँले त्यसलाई अहिलेको नेतृत्वले अझ माथि लैजानुपर्ने बताउनुभयो
महानिरीक्षक अर्यालले समाजमा भइरहेका तर लुकेका अपराध सिआईबीले नियाल्नुपर्नेमा जोड दिनुभयो ।
लागू औषध नियन्त्रण पुगेर पनि महानिरीक्षक अर्यालले ब्युरो पछिल्लो समय लागू औषधका अन्तर्राष्ट्रिय गिरोहका सदस्य पक्राउ गरेकोमा खुसी व्यक्त गर्नुभयो ।