राजनीतिमा षड्यन्त्र हावी भएको प्रधानमन्त्री ओलीको आरोप, कसले ग-यो प्रधानमन्त्रीविरुद्ध षड्यन्त्र ?
शणयन्त्रको शंकाप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा षड्यन्त्र हावी हुँदै गएको आरोप लगाउनुभएको छ । प्रधानमन्त्री ओलीले राजनीति कम र षड्यन्त्र धेरै भएको बताउनुभएको हो ।
तुलसीलाल अमात्यको स्मृति दिवसका अबसरमा सोमबार राजधानीमा गरिएको कार्यक्रममा प्रधानमन्त्री ओलीले देशमा अहिले राजनीतिलाई षड्यन्त्रले थिच्ने र अस्वाभाविक काम भइरहेको बताउनुभयो । उहाँले संविधान कार्यान्वयन नगर्ने र देशलाई प्रतिगमनतिर लैजाने प्रयासलाई एमालेले कुनै हालतमा सफल हुन नदिने बताउनुभयो ।
सरकारको नेतृत्व गर्ने तयारीमा रहनुभएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई संकेत गर्दै प्रधानमन्त्री ओलीले ‘नावाकाद’हरुको विगविगी रहेको बताउनुभयो । ‘नामका वामपन्थी कामका दक्षिणपन्थीको विगविगी बढेको छ आजभोलि । त्यसैगरी नामका लोकतन्त्रवादी, काम त अर्थोकै’ उहाँको भनाइ थियो ।
प्रधानमत्री ओलीले सरकार परिर्वतनलाई संविधान कार्यान्वयन हुने नदिने र देशलाई फेरि प्रतिगमनतिर लैजाने षड्यन्त्रको संज्ञा दिनुभयो । संविधान कार्यान्वयन गर्ने जिम्मा सरकारको भएको भन्दै उहाँले तब अबको सरकारमा सहभागी हुनेहरु संविधान च्यातेका, पुनर्लेखन गर्नुपर्छ भन्ने र षड्यन्त्रकारीहरु भएको आरोप लगाउनुभयो ।
सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले मधेस केन्द्रित दलहरुको चर्को आलोचना गर्नुभयो । उहाँले संविधानमा केही कमिकमजोरी भए पनि तराईबासीको अधिकार नखोसिएको दाबी गर्नुभयो ।