प्रधानमन्त्री चयन बुधबार हुने, मंगलबार उम्मेदवारी दर्ता


Joj:yflksf ;+;bsf] ;f]daf/sf] a}7sdf ;xefuL ;f+;bx? . tl:a/ M /Tg >]i7, /f;; .राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको सहमतीय सरकार गठनको समयसीमा भित्र दलीय सहमति काम हुन नसकेपछि बहुमतीय प्रक्रियाबाट बुधबार नयाँ प्रधानमन्त्री चयन हुने भएको छ । यही साउन १० गते राष्ट्रपति भण्डारीले दिएको सात दिनको समय सोमबार सकिएपछि उहाँले बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चयन गर्न आह्वान गर्नुभएको हो । राष्ट्रपतिले पठाएको पत्र सभामुख ओनसरी घर्तीले संसद्को सोमबारको बैठकमा नयाँ जानकारी गराउँदै प्रधानमन्त्री निर्वाचनको कार्यक्रम प्रकाशित गर्न संसदका महासचिवलाई निर्देशन दिनुभएको हो ।

संसद् सचिवालयले सोमबारै प्रकाशित गरेको निर्वाचन कार्यक्रमअनुसार प्रधानमन्त्री पदका लागि बुधबार सदनमा हुने निर्वाचनमा उम्मेदवार बन्न चाहने सांसदले मंगलबार बिहान ११ देखि अपराहन ४ बजेभित्र उम्मेदवारी दर्ता गराउनुपर्ने छ ।

निर्वाचन कार्यक्रमअनुसार मंगलबार साँझ नै उम्मेदवारको सूची प्रकाशित हुनेछ । संसदको नियमावलीअनुसार प्रधानमन्त्री पदमा एक उम्मेदवारी दर्ता भएमा पनि सदनमा मत विभाजन गर्नुपर्छ । त्यसमा प्रस्तावमाथिको संक्षिप्त छलफलपछि प्रस्तावको पक्षरविपक्षमा मत विभाजन (सांसदको वर्णानुक्रम अनुसारको नामावलीमा हस्ताक्षर गर्ने) प्रक्रिया अपनाइन्छ । यस्तो प्रक्रियामा संसद्मा तत्काल बहाल रहेको कुल सदस्य संख्या (दुई निलम्बितसमेत ५ सय ९५) को बहुमत (२ सय ९८ सदस्यको समर्थन) प्राप्त गरेमा उम्मेदवारी दिने व्यक्ति प्रधानमन्त्री पदमा निर्वाचित भएको घोषणा हुन्छ ।

एकमात्रै उम्मेदवारी परेको अवस्थामा पनि सदनको बहुमत प्राप्त नभएको अवस्थामा सभामुखले जारी निर्वाचन प्रक्रिया अन्त्य भएको घोषणा गरी नयाँ प्रक्रिया थाल्नुपर्छ । दुई वा दुईभन्दा बढी उम्मेदवार भएमा उम्मेदवारी प्रस्ताव माथिको संक्षिप्त छलफलपछि सबै प्रस्तावलाई एकैपटक निर्णयार्थ पेस गरिन्छ ।

नेपाली कांग्रेस र नेकपा माओवादी सम्मिलित गठबन्धन बनिसकेकाले बुधबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री हुने लगभग निश्चित छ ।

संविधान जारी भएपछि संसद्मा प्रधानमन्त्रीका लागि निर्वाचन हुन लागेको यो दोस्रो पटक हो । संविधान जारी भएलगत्तै निर्वाचित प्रधानमन्त्री केपी ओलीले असार २९ मा पदबाट राजीनामा गरेपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको हो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]