सर्वोच्च अदालतका ११ जना न्यायाधीशको एकै दिन सपथ, नवनियुक्तहरुको कामसमेत शुरु


Nayadhish_Sapath-1न्याय परिषद्को सिफासिरमा राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वोच्च अदालतमा ११ जना न्यायाधीशलाई नियुक्ति गर्नुभएको छ ।

नवनियुक्त न्यायाधीशहरुलाई राष्ट्रपति भण्डारीको समुपस्थितिमा शीतलनिवासमा आयोजित एक समारोहमा प्रधानन्यायाधीश सुशीला कार्कीले पद तथा गोपनीयताको शपथग्रहण गराउनुभयो ।

सो समारोहमा उपराष्ट्रपति नन्दकिशोर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख ओनसरी घर्ती, संवैधानिक अङ्गका प्रमुखहरु, मुख्यसचिव डा सोमलाल सुवेदी, महान्यायाधिवक्ता हरि फुयाँल, सर्वोच्च अदालतका न्यायाधीशहरु, पुनरावेदन अदालतका न्यायाधीशहरु, नेपाल सरकारका सचिवहरु र सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति रहेको थियो ।

नवनियुक्ति न्यायाधीशहरु दीपककुमार कार्की, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे, मीरा खड्का, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, हरिकृष्ण कार्की, प्रकाशमानसिंह राउत र सपना मल्ल प्रधान रहनुभएको छ । उहाँहरुले आजै पदभार ग्रहण गर्नुभएको छ ।

नवयुक्ति न्यायाधीशहरुको संसदीय सुनुवाइ विशेष समितिले आइतबार ११ न्यायाधीशको नाम अनुमोदन गरेको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]