कमल थापासँग भोट माग्दै प्रचण्ड !

प्रधानमन्त्रीका प्रत्यासी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राप्रपा नेपालका अध्यक्ष कमल थापासँग भेट गरी भोट भाग्नुभएको छ ।
माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा भएको भेटमा माओवादी अध्यक्ष दाहालले आफ्नो नेतृत्वमा बन्न लागेको सरकारलाई सहयोग गर्न र प्रधानमन्त्रीमा आफूलाई भोट दिन आग्रह गर्नुभएको बताइएको छ ।
जवाफमा थापाले यसबारे पार्टीमा छलफल गर्ने जवाफ दिएको राप्रपा नेपालका सहप्रवक्ता मोहन श्रेष्ठले बताउनुभयो ।
माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि बसेको राप्रपा नेपालको बैठकले सरकारबारे केही निर्णय गरेको छैन ।