मधेसी मोर्चाको विरोधमा मधेसी दलकै नेता ? मोर्चामाथि गच्छदारको गम्भीर आरोप !

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष बिजयकुमार गच्छदारले मधेसका मुद्दा सम्बोधनका लागि मधेसी मोर्चा नै बाधक बनेको आरोप लगाउनुभएको छ ।
फोरम लोकतान्त्रिकको सातौं बार्षिकोत्सवको अवसरमा पार्टी कार्यालय तीनकुनेमा आइतबार भएको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष गच्छदारले मधेसी मोर्चाका नेताहरुले नै मधेसको हितका काम नगरेको आरोप लगाउनुभएको हो । उहाँले आफूलाई मधेसको नेता भन्नेहरुले मधेसका लागि कुनै काम नगरेको भन्दै आपत्ति जनाउनुभयो ।
अध्यक्ष गच्छदारले आगामी सरकारमा आफ्नो दललाई सहभागी नगराउन मधेसी मोर्चाका नेताहरुले आग्रह गर्दै हिँडेकोमा असन्तुष्टि जनाउँदै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा बन्ने सरकारलाई आफूले समर्थन गर्ने बताउनुभयो ।
मधेसी मोर्चाप्रति निकै आक्रमक हुनुभएका गच्छदारले कतिपय नेताले आफूलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय माग्दै हिँडेको समेत दाबी गर्नुभयो । तराईमा दुई प्रदेश नभई गठबन्धनमा साथ दिन सक्दैनौं भन्न नसक्ने मधेसी नेतालाई मधेस आन्दोलनको मुल्य चुकाउन सक्ने कि नसक्ने ? भनि प्रश्न गर्नुभएको थियो ।