श्रीलंकाका तीन मन्त्री किन पुगे कपिलवस्तुमा ?

सार्क मुलुक श्रीलंकाका तीन मन्त्रीसहित टोलीले कपिलवस्तुस्थित बुद्धस्थल निग्राधराम कुदानको अवलोकन गरेको छ ।
श्रीलंकाका महिला तथा बालबालिका मन्त्री चन्द्रानी बन्दारा, उद्योग मन्त्री सारथे कासामन्ते र वातावरण मन्त्री क्युनरा नायरत्नेसहितको टोलीले आइतबार निग्राधराम कुदानको अवलोकन गरेको हो ।
बुद्धको जन्मथलो लुम्बिनीको भ्रमण गरी मन्त्रीसहितको १७ सदस्यीय टोली कुदान आएको हो । टोलीका सदस्यहरुले कुदानस्थित स्तुपाको भ्रमणका क्रममा पूजापाठ समेत गरेका थिए ।
बुद्ध स्थलको विकासका लागि श्रीलंका सरकारले निरन्तर सहयोग गर्ने उनीहरुले प्रतिबद्धा समेत ब्यक्त गरेका छन् ।