मकवानपुरमा दुई वटा बस आपसमा ठोक्किँदा भएको दुर्घटनामा ९ जनाको मृत्यु, ३२ घाइते


Busमकवानपुरको मनहरी–३ स्थित रमनटारमा दुई वटा बस आपसमा ठोक्किँदा भएको दुर्घटनामा ९ जनाको मृत्यु भएको छ ।

काठमाडौंबाट गाइघाटतर्फ गइरहेको अग्नि यातायातको ना ५ ख ५०५५ नम्बरको बस र काँकडभिट्टाबाट काठमाडौैं आइरहेको ना. ५ ख ४०६४ नम्बरको बस आइतबार बिहान आपसमा ठोक्किँदा भएको दुर्घटनामा उनीहरुको मृत्यु भएको हो । ६ जनाको घटनास्थलमै, दुई जनाको अस्पताल लैजाने क्रममा र एक जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमध्ये उदयपुरको त्रियुगा नगरपालिका–१० का १० वर्षे बालक मणिरत्न चौधरी, सोही ठाउँका २५ वर्षे विनोद चौधरी, ठेगाना नखुलेका २७ बर्षे सन्तोष चौधरी, काठमाडौंका लक्ष्मीप्रसाद अधिकारीको मात्र सनाखत भएको छ । मृतकको शव हेटौंडा जिल्ला अस्पतामा राखिएको छ । दुर्घटनामा दुबै बसका चालकसहित ३२ जना घाइते भएका छन् । उनीहरुको हेटौंडाको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये १६ जनाको अवस्था गम्भीर रहेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]