डाक्टर गोविन्द केसीको अगुवाईमा काठमाडौंमा प्रदर्शन, अख्तियार प्रमुखले समानान्तर सत्ता चलाउन खोजेको आरोप


Govinda_KCस्वास्थ्य र शिक्षा क्षेत्र सुधार तथा भ्रष्टाचार अन्त्य गर्नुपर्ने माग गर्दै आन्दोलनरत डाक्टर गोविन्द केसीको अगुवाईमा शनिबार काठमाडौंमा प्रदर्शन भएको छ ।

‘वाक विथ डा. केसी’ अभियान चलाउँदै आएका युवाहरुको आह्वानमा प्रदर्शन गरिएको हो । माइतीघरबाट शुरु गरिएको प्रदर्शनसहितको -याली नयाँबानेश्वरसम्म पुगेको थियो । ‘डा. केसीसँगै हिँडौं, भ्रष्टाचारविरुद्ध उत्रौं’ भन्ने आह्वानका साथ भएको प्रदर्शनमा युवा, विद्यार्थी, सञ्चारकर्मी, कलाकार, स्वास्थ्यकर्मीसहित सर्वसाधारणको ठूलो सहभागिता थियो ।

नयाँबानेश्वरमा गरिएको कोणसभामा आफूले स्वास्थ्य र शिक्षा क्षेत्रको सुधारका लागि लडिरहेको भन्दै साथ दिनेहरुलाई धन्यवाद दिनुभयो । उहाँले यो पटक पनि अनसन सम्झौतामा टुंगिएको तर सम्झौता लगत्तै उल्लंघनको प्रयास भए पनि त्यसलाई उल्लंघन गर्न नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

डा. केसीले अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई भ्रष्टाचारको नायकको संज्ञा दिँदै उनले समानान्तर सत्ता चलाएको र संविधानभन्दा माथि हुन खोजेको आरोप लगाउनुभयो । लोकमानबारे सांसदहरु मौन बसेको भन्दै उहाँले लोकतन्त्र वा लोकमानतन्त्रमध्ये एक रोज्न चुनौती दिनुभयो ।

स्वास्थ्य र शिक्षा क्षेत्र सुधारको माग गर्दै १६ दिनसम्म अनसनमा बसेका डा. केसीले सरकारसँग सहमति भएपछि अनसन तोड्नु भएको थियो । अनसन तोडे पनि अख्तियार प्रमुख लोकमान सिंह कार्कीलाई महाधिवेशन लगाउनुपर्ने माग पूरा नभएको भन्दै उहाँले अब खाएरै लड्ने दिन भएको बताउनुभएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]