भोकहड्तालको चार महिना : सुनवाई भएन तामाङ परिवारको


आफ्नी छोरीको हत्या गरिएको भन्दै चार महिनादेखि भोकहडताल गर्दै आएका नुवाकोट जिल्ला बेलकोट गाविसका साइँलीमाया तामाङ पञ्चवीर लामाले अहिलेसम्म पनि न्याय पाउन सकेका छैनन् आफ्नी छोरी सुशीलाको आत्महत्या नभई हत्यापछि आत्महत्याको बहाना गरिएको भन्दै सुशीलाका बाबु पञ्चवीर आमा साइँलीमायाले गत जेठ ३१ गतेदेखि भद्रकाली मन्दिर नजिकैको चौतारोमा भोक हडताल गर्दै आएका छन् कोटेश्वर निवासी विजय श्रेष्ठका घरमा काम गर्न बसेकी सुशीला घरको कोठामा २०६९ साल माघ २६ गते झुन्डिएको अवस्थामा फेला परेकी थिइन् तर सुशीला आफैँ झुन्डिएको नभई घरबेटीले नै झुन्ड्याइदिएको आफन्तको जिकिर शान्तिपूर्ण तरिकाले भोकहडताल गर्दा सरकारले दोषीलाई पक्राउ गरी कारकाही गर्नुपर्ने आफ्नो मागप्रति बेवास्ता गरेको भन्दै आन्दोलनको स्वरुप परिवर्तन गरी सडक सङ्घर्षमा जाने बाबु पञ्चवीरले चेतावनी दिनुभयो अहिलेसम्म विभिन्न राजनीतिक दलका नेता, सङ्घसंस्था, नागरिक समाज, मानवअधिकारकर्मी तथा सरोकार भएका निकाय आएर दोषीलाई कारबाहीका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे तापनि व्यवहारमा त्यसो हुन नसकेको उहाँले गुनासो गर्नुभयो उहाँले भन्नुभयो घटनालाई लिएर न्यायका लागि प्रधानमन्त्री, गृहमन्त्री, मन्त्री, राजनीतिक दललगायतमा पटकपटक ज्ञापनपत्र बुझाउँदासमेत कुनै चासो दिइएको छैन, सबैले कारबाही हुनुपर्छ मात्र भन्छन् तर कारबाही गर्दैनन्, अब सडक जाम नै गर्नुको विकल्प छैन ।” शव परीक्षण गर्दा मृतक सुशीलाको पेटमा साढे दुई महिनाको बच्चा रहेको घाँटीमा औँलाको डाम भएको हुँदा आफैँ पासो लाएकोभन्दा पनि विष खुवाएर मारिसकेपछि झुन्ड्याइएको आमा साइँलीमायाको जिकिर उहाँले यौनशोषण गरी हत्या गरिएको बताउँदै निष्पक्ष छानबिन गरी जतिसक्दो चाँडो दोषीमाथि कारबाही नगरिए कडा आन्दोलन गर्न बाध्य हुने छौँ भन्नुभयो सुशीला विसं २०६५ मा अध्ययनका लागि भन्दै नुवाकोटबाट श्रेष्ठका घरमा आएकी थिइन्

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]