बस दुर्घटना अपडेट : पूर्व अर्थ राज्यमन्त्रीसहित १३ जनाको मृत्यु


Bus Accsidentधनकुटाको सिधुवामा बस दुर्घटना हुँदा नेकपा माओवादी केन्द्रका नेता एवं पूर्व अर्थराज्य मन्त्री हरिराज खेवासहितका १३ जनाको मृत्यु भएको छ ।

संखुवासभाको मुढेशनिश्चरेबाट तेह्रथुमको वसन्तपुर हुँदै धरान जाँदै गरेको बा २ ख ७३६६ नम्बरको बस बिहीबार दिउँसो दुर्घटना भएको हो । बस सडकबाट करिब एक सय मिटर तल खसेको थियो । दुर्घटनामा अन्य २७ जना घाइते भएका छन् । मृत्यु हुनेमा माओवादी केन्द्रका केन्द्रीय सदस्य खेवा, परेवादिन–४ की तारादेवी बस्नेत र उनकी छोरी रेष्मा छन् । यसैगरी, परेवादिन–५ की अतिमाया तामाङ, धरान–२ का देवप्रकाश अग्रवाल, बुढिमोरङ–८ का बस चालक सनम तामाङ, मारेकटहरे–३ का बीरबहादुर काफ्ले, परेवादिन–५ की घिनामाया भट्टराई, तेह्रथुम फुलेक–६ की होमा पौडेल, लेगुवा–२ का रेकबहादुर थापा र संखुवासभा मादीका टंक कटुवालको मृत्यु भएको हो । मृतक दुईको सनाखत हुन सकेको छैन ।

घटनास्थलमा ७ जना र अन्यको उपचारका क्रममा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेको धरान, धनकुटा, विराटनगरलगायतका स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ । बसमा ४० जनाभन्दा वढी यात्रु सवार थिए । ब्रेक फेल भएर बस दुर्घटनामा परेको बताइएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]