धनकुटामा भएको बस दुर्घटनामा पूर्व अर्थ राज्यमन्त्रीसहित कम्तिमा ९ जनाको मृत्यु, ३५ जना घाइते

धनकुटामा भएको बस दुर्घटनामा नौ जनाको मृत्यु भएको छ । दुर्घटनामा नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व अर्थ राज्यमन्त्री हरि खेवाकोसमेत मृत्यु भएको छ ।
तेह्रथुमको बसन्तपुरबाट धरानतर्फ गइरहेको बा २ ख ३३६६ नम्बरको यात्रुबाहक बस धनकुटाको परेवादिन–५ छिदुवा बजारको चर्चनजिकै २ सय मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा ३५ जनाभन्दा बढी घाइते भएका छन् ।
घटनास्थलमै सात जना र उपचारका लागि धरान लैजाने क्रममा दुई जनाको बाटोमै मृत्यु भएको हो । घाइतेहरुको उद्दार गर्ने क्रम जारी छ ।
घटनास्थलमा बाक्लो हुस्सु लागेको छ भने झरी परिरहेको छ ।