सत्ता परिवर्तन गराएर आफ्नो अभिष्ट पूरा गर्ने सपना नदेख्न भारतलाई प्रधानमन्त्री ओलीको चेतावनी


PM_Oliप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अभिष्ट पूरा गर्ने सपना नदेख्न दक्षिणी छिमेकी भारतलाई चेतावनी दिनुभएको छ ।

बुधबार काठमाडौंमा स्रष्टाहरुलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार परिवर्तन गराएर अभिष्ट पूरा गर्ने सपना नदेख्न चेतावनी दिनुभएको हो । उहाँले आफूले राजीनामा दिएपछि नेपाल भित्रभन्दा बाहिर बढी खुशीयाली छाएको भन्दै खुशी मनाउने क्रममा अब आफ्नो स्वार्थ पूरा हुने भो भनेर नरमाउन भारतलाई चेतावनी दिनुभयो ।

प्रधानमन्त्री ओलीले छिमेकी मुलुक भारतलाई नेपाललाई मगन्ते र कमजोर नठान्न पनि चेतावनी दिनुभयो । उहाँले पहिला पहिला सानाले ठूलासामु नजराना चढाउने चलन रहे पनि नेपालको नयाँ पिंढी अब निधार थाप्ने पक्षमा नरहेकोतर्फ सचेत हुन भारतलाई सुझाव दिनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]