राप्रपा र राप्रपा नेपालबीच साउन १६ गतेभित्र एकीकृत हुने, सरकारमा जान सक्ने कमल थापाको संकेत


RPP_Nepalराष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राप्रपाबीच साउन १६ गतेभित्र पार्टी एकीकरण हुने भएको छ ।

राप्रपा नेपालको दुई दिनसम्म चलेको केन्द्रीय कार्यसमितिको बैठकले बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाउन भन्दै राप्रपासँग साउन १६ गतेभित्र एकीकरण गर्ने निर्णय गरेको हो । बैठकले राप्रपासँग एकीकरणका लागि दुई पार्टीको वार्ता समितिले तयार पारेको आधारपत्रलाई अनुमोदन गरी चुनाव चिन्ह गाई कायम गर्न प्रयत्न गर्ने निर्णय गरेको छ । बैठकपछि बुधबार आयोजित पत्रकार सम्मेलनमा राप्रपा नेपालका अध्यक्ष कमल थापाले १६ गतेभित्र एकीकरण हुन नसकेको अवस्थामा के गर्ने भन्ने बारेमा निर्णय गर्ने जिम्मा केन्द्रीय कार्य सम्पादन समितिलाई दिइएको जानकारी दिनुभयो ।

यसैबीच राप्रपा नेपालले नयाँ सरकारमा सहभागी हुने संकेत दिएको छ । पार्टी अध्यक्ष थापाले सरकारमा सहभागिताका विषयमा केन्द्रीय समितिको बैठकले कुनै निर्णय नगरेको र यस विषयमा राप्रपासँगको एकीकरणपछि आवश्यक निर्णय लिने बताउनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]