काठमाडौं विश्वविद्यालयको परीक्षामा अख्तियारको हस्तक्षेपबारे छानबिन गर्न सुशासन समितिबाट छानबिन उपसमिति गठन


Susasan Sammitteeव्यवस्थापिका संसद्को सुशासन तथा अनुगमन समितिले काठमाडौं विश्वविद्यालयको एमडीको प्रवेश परीक्षामा अख्तियारको हस्तक्षेपबारे छानबिन गर्न पाँच सदस्यीय उपसमिति गठन गरेको छ ।

समितिको मंगलबार बसेको बैठकले छानबिन उपसमिति गठन गरेको हो । उपसमितिलाई १० दिनको समय दिइएको छ ।

समितिले बैठकमा छलफलका लागि बोलाएकोमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की अनुपस्थित हुनुभएको छ । स्वास्थ्य समस्या भएको भन्दै कार्की समितिको बैठकमा अनुपस्थित हुनुभएको हो । अख्तियारका प्रमुख आयुक्त कार्कीले समितिलाई पत्र पठाएर आफ्नो घाँटीमा समस्या देखिएको र डाक्टरले एक हप्तासम्म बोल्न नहुने भनेकाले आफू उपस्थित हुन नसक्ने जानकारी गराएको समितिले जनाएको छ ।

काठमाडौं विश्वविद्यालयको एमबीबीएस र एमडीको प्रवेश परीक्षामा अख्तियारले गरेको हस्तक्षेपबारे छलफल गर्न समितिले कार्कीलाई बोलाएको थियो । प्रमुख आयुक्त कार्की उपस्थित नभए पनि आयोगका कर्मचारीहरु भने समितिको बैठकमा पुगेका थिए । अख्तियारको तर्फबाट बैठकमा शान्तराज सुवेदी, वेगेन्द्रराज शर्मा, कानुनविद् भानुभक्त  पोखरेल, प्रवक्ता  कृष्णहरि पुष्करलगायत कर्मचारी उपस्थित भएका थिए ।

समितिले यसअघि काठमाडौं विश्वविद्यालयका पदाधिकारीहरुसँग छलफल गरेको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]