नेप्से परिसूचक ४० अङ्कले बढ्यो


Nepseआइतबार सफ्टवेयरमा आएको समस्याका कारण कारोबार हुन नसकेको धितोपत्र बजार सोमबार भने करिब ४० अङ्कले वृद्धि भएको छ ।

नेपाल स्टक एक्चेन्जका अनुसार सोमबार नेप्से परिसूचक ४० अङ्कले बढेर एक हजार ८४० विन्दुमा पुगेको छ । कुल १४७ कम्पनीकोे सेयर बजारमा आज रु दुई अर्ब २४ करोड दुई लाख नौ हजार ६२४ मूल्य बराबरको कारोबार भएको छ । कुल ४७ लाख ४० हजार ९७२ कित्ता सेयर कारोबार हुँदा जलविद्युत् समूहबाहेक अन्य समूहको भने सेयर कारोबार बढेको छ ।

तीन दिन लगातार बन्द भएर खुलेको सेयर बजारमा बैङ्किङ २.४८, होटल २.१२, विकास बैंक ४.६३, फाइनान्स २.४५, बीमा ०.९३, उत्पादन क्षेत्र ०.११ र अन्य समूहको सेयर १.०७ प्रतिशतले बढेको छ भने जलविद्युत् समूहको सेयर ०.४६ प्रतिशतले घटेको छ । लगातार बन्द भएको बजारलाई राजनीतिक घटनाक्रमले भने कुनै प्रभाव नपारेको बताइन्छ । रासस

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]