प्राध्यापक डाक्टर गोविन्द केसीको १६ दिन लामो अनसन तोडियो


Govinda KCचिकित्सा शिक्षा क्षेत्र सुधारको माग गर्दै आठौं पटक अनसनमा बसेका प्राध्यापक डाक्टर गोविन्द केसीले सोमबार १६ औं दिन अनसन तोड्नुभएको छ ।

शिक्षण अस्पताल महाराजगन्जमा उपचारका लागि आएका बिरामीको हातबाट जुस खाँदै केसीले अनसन तोड्नुभएको हो । सरकारी वार्ता टोलीसँग हिजो राति ४ बुँदे सहमति भएपछि केसीले सोमबार अनसन तोड्नुभएको हो ।

शिक्षण अस्पताल महाराजन्जमा उपचारका लागि आएका सिन्धुपाल्चोकका ५ वर्षीय सरोज नेपाली, सिराहाबाट छोराको उपचार गर्न आएकी अनिता यादव र गोरखाका भिक्षु छेवाङ नुर्वु लामाको हातबाट जुस पिउँदै केसीले अनसन तोड्नुभएको हो ।

तीन जनाले जुस खुवाएपछि पूर्व मुख्यसचिव लिलामण्ी पौडेल र सरकारी वार्ता टोलीका संयोजक डा. सेनेन्द्रराज उप्रेतीले डा. केसीलाई जुस खुवाउनुभएको थियो ।

अनसन अन्त्य गर्दै डा. केसीले संस्थागत माफियातन्त्रविरुद्ध सबै मिलेर लढ्नुपर्ने बताउनुभयो । उहाँले सरकारसँग भएको सम्झौता पहिलो चरण मात्रै भएको भन्दै अझ सशक्त आन्दोलन गर्ने र त्यसमा युवाहरुको साथ आवश्यक भएको बताउनुभयो । नेताहरु माफियाको पक्षमा भएको उहाँको आरोप थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]