राष्ट्रपतिबाट बाधा अड्काउ फुकाउ आदेश जारी


bidhyaराष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा प्रधानमन्त्री चयनका लागि विद्यमान अवरोध हटाउन बाधा अड्काउ फुकाउ आदेश जारी गर्नुभएको छ ।

संविधानको धारा २९८ को उपधारा २ वा ३ बमोजिम प्रक्रिया अपनाई अर्को प्रधानमन्त्रीको निर्वाचन गर्नका लागि उक्त आदेश जारी भएको हो । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषदु बैठकले आइतबार त्यससम्बन्धी सिफारिस गरेको थियो ।

राष्ट्रपति कार्यालय शितल निवासले जारी गरेको सूचनामा –‘अर्को प्रधानमन्त्रीको निर्वाचन प्रारम्भ गर्न बाधा अड्काउ फुकाउनुपरेकाले नेपालको संविधानको धारा २९८ को उपधारा २ वा ३ बमोजिमको प्रक्रिया अपनाई अर्को प्रधानमन्त्रीको निर्वाचन गर्न सकिने गरी मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ३०५ बमोजिम बाधा अड्काउ फुकाउने आदेश जारी गर्नुभएको’ उल्लेख गरिएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]