अमेरिकाको फ्लोरिडास्थित एक रात्री क्लबमा भएको गोलीवारीमा दुई जनाको मृत्यु


Americaअमेरिकाको फ्लोरिडास्थित एक रात्री क्लबमा भएको गोलीवारीमा दुई जना मारिएका छन् ।

फोर्ट मायर्स शहरमा भएको घटनामा १६ भन्दा बढी घाईते भएका छन् । युवाका लागि आयोजित पार्टीमा यो घटना भएको स्थानीय अधिकारीहरुले जनाएका छन् । मारिएकाहरुको पहिचान भएको छैन ।

प्रहरीले घटनामा संलग्न भएको आशंका एक जनालाई पक्राउ गरेको छ । घटनामा दुई जनाको संलग्नता रहेको आशंका गरिएको छ । आक्रमण कसले किन गरायो भन्ने केही खुल्न सकेको छैन ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]