मेलबर्नमा कबवेब र रोहितजोन क्षेत्रीसँग झुमे युवाहरु, आज मिट एण्ड ग्रिट


IMG_2192 नेपालको प्रसिद्ध रक व्याण्ड कबवेब र रोहित जोन क्षेत्री सम्मिलित असम 3 कन्सर्ट मेलबर्नमा सम्पन्न भएको छ । स्थानीय ट्रयाक लाउन्ज एण्ड बारमा सम्पन्न भएको कन्सर्टमा मुख्यतः युवापुस्ता सहभागी थियो । एके४७ व्याण्डको प्रस्तुतिबाट सुरु भएको कार्यक्रममा रोहितले आफ्ना हिट नम्बरहरु पस्केका थिए । विस्तारै विस्तारै, तिम्रा दुई आँखामा, सान्नानी लगायत करिब आधा दर्जन गीत उनले गाएका थिए । विस्तारै विस्तारै बोलको गीत गाईसकेपछि त दर्शकहरुको वान्समोरको आग्रहमा उनले फेरि सोही गीत गाउनु परेको थियो । प्रसिद्ध व्याण्ड १९७४ एडीका भोकलिष्ट र गिटारिष्टसमेत रहेका क्षेत्रीले कबवेब जस्तो व्याण्डका साथ स्टेज शेयर गर्न पाउनु निकै खुशीको कुरा भएको पनि बताए । यसपछि स्टेजमा उत्रिएको कबवेबले करिब २ घण्टा दर्शकहरुलाई नाच्न प्रेरित गर्दै आफ्ना रक गीतहरु पस्केको थियो । IMG_2169स्टेजमा उक्लेदेखि नै मर्सिडिज बेञ्जमा… भन्दै दर्शकहरु हुटिंग गर्न व्यस्त थिए । उनीहरुको आग्रह जब प्रस्तुतिको करिब करिब अन्त्यतिर पूरा भयो तब कन्सर्ट हल नै झुमिरहेको थियो । IMG_2374कवबेबले स्टेजमा आफ्ना गीतका साथै अन्य चर्चित अंग्रेजी रक गीत पनि प्रस्तुत गरेका थिए । उक्त कार्यक्रममा मुख्य प्रायोजक आईसीसी ग्लोबलको तर्फबाट सञ्चालित लक्की ड्रमार्फत आईप्याड विजेताको घोषणा गरिएको थियो । IMG_2362सोलाङचरका राजु शाक्य र एस ईभेन्टस एण्ड मल्टिमिडियाका सुनोद श्रेष्ठले आज असम ३ कन्सर्टका कलाकारहरुसँग मेलबर्नकै बिगबेली रेष्टुरेन्टमा मिट एण्ड ग्रिट राखिएको छ । साँझ ६ बजेबाट सुरु हुने यस मिट एण्ड ग्रिटमा विविध कारणले कन्सर्टमा सहभागी हुन नसकेका कबवेब र रोहितका फ्यानहरु सहभागी हुन सक्नेछन् भने कार्यक्रमका प्रायोजक, स्वयंसेवकहरु र नेपाली समूदायका अन्य सदस्यहरुलाई समेत निम्तो गरिएको छ । यस लगत्तै कबवेब र रोहित जंग क्षेत्रीको कन्सर्ट ब्रिसबेन र सिड्नीमा समेत आयोजना हुँदैछ ।

कबवेब व्याण्ड नेपालको लोकप्रिय रक व्याण्ड हो भने उनीहरुले नेपाली संगीत क्षेत्रमा मार्यो नि मार्यो बोलको गीतबाट चर्चाको शिखर चुमेका हुन् । यसपछि मर्सिडिज बेञ्जमा, नमस्ते नमस्ते लगायतका कैयौं गीतहरु संगीत पारखीहरुका लागि सदैव आकर्षणको केन्द्र बनिरहेका छन् । 20160724_233737यसैगरी रोहित जोन क्षेत्री छोटो समयमा नै आम दर्शक श्रोताको मनमा वस्न सफल भएका नयाँ प्रतिभावान गायक हुन् । विस्तारै विस्तारैबाट अघि बढेको उनको करिअरमा प्रशंसकहरु उनलाई आत्मादेखि गाउने गायकका रुपमा चिन्ने गर्दछन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]