ओलीको राजीनामा स्वीकृत, सरकार कामचलाउ


Oliप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति समक्ष दिनुभएको राजीनामा स्वीकृत भएको छ । प्रधानमन्त्री ओलीको राजीनामा स्वीकृत भएपनि अर्को सरकार नबन्दासम्म यही मन्त्रिपरिषद्ले काम गर्नेछ ।

राष्ट्रपतिको कार्यालयद्धारा जारी विज्ञप्तीमा प्रधानमन्त्री ओलीको राजीनामा स्वीकृत भएको र अर्को सरकार गठन नहुँदासम्म यही सरकारले काम गर्ने जनाइएको छ ।

अविश्वासको प्रस्तावमाथि भएको छलफको आइतबार तेस्रो दिन संसदमा जवाफ दिँदै प्रधानमन्त्री ओलीले राजीनामाको  दिएको घोषणा गर्नु भएको थियो । संसदमा सम्बोधन गर्नु अघि प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष राजीनामा बुझाउनुभएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]