महाधिवेशन गर्न माग गर्दै नेविसंघका नेताद्वारा रिले अनसन शुरु


Nepali-congressनेपाल विद्यार्थी सङ्घका नेताहरुले विवाद मिलाएर तोकिएकै मितिमा महाधिवेशन गर्न माग गर्दे रिले अनशन सुरु गरेका छन् ।

नेवि सङ्घका पूर्वकोषाध्यक्ष कुन्दनराज काफ्लेको नेतृत्वमा आइतबार मध्याह्नदेखि नेपाली काँग्रेस केन्द्रीय कार्यालय सानेपामा रिले अनशन सुरु भएको हो ।

अनशनमा नेविसङ्घका पूर्वकोषाध्यक्ष काफ्ले, पूर्वकेन्द्रीय सदस्य युवराज पाण्डेय, कृष्णकुमारी बस्नेत, जित शेरचन, गणेश सापकोटा, नेवि सङ्घका नेता दुजाङ शेर्पा, निमा गिरी, चक्र गुरुङ, सुदीप शर्मा, धर्मदेव फुलारा र सन्जीव शाह बस्नुभएको छ ।

नेता काफ्लेले आफ्ना माग पूरा नभए तीन दिनपछि आमरण अनशन बस्ने राससलाई बताउनुभयो । रासस

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]