प्रधानमन्त्री ओलीलाई मानसिक रोगी भनेको विरोधमा गोंगबुमा प्रदर्शन, सांसद सिंहलाई हिरासतमा लिन माग


Pradarshanप्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई मानसिक रोगी भनेको विरोधमा शनिबार राति काठमाडौंको गोंगबुमा प्रदर्शन गरिएको छ ।

युवा सङ्घ नेपालका अध्यक्ष राजीव पहारीले सभासद् अमरेशकुमार सिंहले संसदीय मर्यादा र मूल्यभन्दा फरक तरिकाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मानसिक रोगी भनेको पुष्टि गर्न चेतावनी दिँदै सिंहलाई तत्काल हिरासतमा लिई कारबाही गर्नुपर्ने माग गरेका छन् ।

अध्यक्ष पहारीले नेपाली कांग्रेसका संसद सिंह भारतीय ‘र’ का ऐजेन्ट भएको पनि दाबी गरे । ‘र’ का ऐजेन्टले संसदमा उत्तेजना पोख्दा देशै लज्जित भएको उनको भनाइ छ । उनले भने, ‘भारतीय ऐजेन्टले शनिबार हाम्रो संसदमा देशलाई लज्जित बनाउने गरी नांगो नाँच नाचेका छन् ।’

सिंहले शनिबार संसदमा बोल्दै एमाले अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओलीको मानसिक सन्तुलन ठीक नभएको आरोप लगाएका थिए ।

सिंहलाई कारबाही नभए युवा संघले देशव्यापी आन्दोलन गर्ने उनले बताए । उनले भने, ‘अब राष्ट्रवादी र राष्ट्रघातीबिचको लडाई सुरु भयो, राष्ट्रघाती सिंहलाई कारबाही भएन भने हामी कारबाही गर्छौं ।’

युवा संघ नेपालले शनिबार नै सिंहलाई कारबाहीको माग गर्दै प्रर्दशन गरेका छन् । सिंहले संसदको गरिमा विपरित उत्तेजित अभिव्याक्ति दिएको भन्दै युवा संघ बिरोधमा उत्रिएको हो ।

युवा सङ्घ नेपालका प्रवक्ता प्रभात विक्रम कटुवालले हस्ताक्षर गरेको आइतबार प्रकाशित वक्तव्यमा जनाइए अनुसार आइतबार बानेश्वरमा युवा सङ्घ नेपाल र विद्यार्थीले देशभरि सिंहका विरुद्धमा प्रदर्शन गर्ने निर्णयसमेत भएको छ । रासस

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]