भालेको आक्रमणबाट पोथी गैंडाको मृत्यु


Gaidaचितवनको सेतीदेवी सामुदायिक वनमा शनिबार एक पोथी गैंडाको मृत्यु भएको छ ।

करिब छ वर्षको उक्त पोथी गैंडा भालेको आक्रमणमा परी घाइते भएको थियो । गत बिहीबारदेखि घाइते अवस्थामा रहेको गैंडाको उपचारको क्रममा शनिबार मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले बताउनुभयो ।

प्रजननयोग्य उक्त पोथी गैंडा सहवासको क्रममा घाइते भएको हुनसक्ने कँडेलको अनुमान छ ।

उक्त गैंडालाई निकुञ्ज र वनका कर्मचारीले मुचुल्का उठाएर खाग, खुर निकालेर खाल्टोमा पुरिएको कँडेलले बताउनुभयो । रासस

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]