अनसनरत् डा. गोविन्द केसीको पक्षमा जनसमूदाय सडकमा ओर्लियो, माग पूरा गर्न सरकारलाई दबाब


KCत्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा अनसनरत् वरिष्ठ चिकित्सक गोविन्द केसीका माग सम्बोधन गर्न माग गर्दै सर्वसाधारणले शनिबार काठमाडौंमा प्रदर्शन गरेका छ ।

केसीको जीवन रक्षा र चिकित्सा क्षेत्रको सुधारको माग गर्र्दै ठूलो संख्यामा सर्वसाधारणमा सडकमा उत्रिएका हुन् । १३ दिनदेखि अनसनत गोविन्द केसीको पक्षमा निकालिएको जुलुस माइतीघर मण्डलाबाट सुरु भएर नयाँबानेश्वरमा पुगेर टुंगिएको थियो । विरोध जुलुसमा सर्वसाधारण, कलाकार, विद्यार्थी, चिकित्सकहरुको उल्लेखनीय सहभागिता थियो । जुलुसमा सहभागीहरुले गोविन्द केसीको पक्ष र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विपक्षमा नाराबाजी गरेका थिए ।

चिकित्सा क्षेत्रमा सुधार गर्नुपर्ने, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाअभियोगलगाउनुपर्नेलगायतका माग राख्दै डा. केसी १३ दिनदेखि अनसनमा बसिरहनुभएको छ । केसीका मागका विषयमा सरकारी वार्ता टोलीले पटकपटक वार्ता गरे पनि सहमति हुन सकेको छैन ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]