संसद्को अवरोध हट्यो, पहिले बजेटसम्बन्धी विधेयक पेश गर्ने सहमति, संसद बैठक बस्दै


Samsadप्रमुख तीन दलबीच पहिले बजेटसम्बन्धी विधेयक पेश गर्ने सहमति भएपछि संसद्मा देखिएको विवाद अन्त्य भएको छ ।

सभामुख ओनसरी घर्तीको पहलमा शुक्रबार बसेको नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरुको बैठकमा पहिले बजेटसम्बन्धी विधेयक पेश गर्ने सहमति भएको हो ।

दलहरूबीच आश्रित विधेयकहरु पहिला पेश गर्ने सहमति भएको एमाले उपाध्यक्ष भीम रावलले जानकारी दिनुभयो । आश्रित विधेयकहरु पेश भइसकेपछि अश्विवासको प्रस्ताव पेश गर्ने सहमति पनि दलहरुबीच भएको छ ।

संसदको बैठक अपराहृन साढे ४ बजे बोलाइएको छ । उक्त बैठकमा सुरुमा आश्रित विधेयक पेश हुनेछ । त्यसपछि सरकारविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि छलफल सुरु गर्ने सहमति भएको छ ।

कांग्रेस, माओवादीसहितका दलहरुले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]