अख्तियारका प्रमुख लोकमानलाई सुशासन समितिले बोलायो, अख्तियारले प्राज्ञिक क्षेत्रमा हस्तक्षप गरेको काठमाडौं काठमाडौं विश्वविद्यालयको आरोप


Aakhtiyar-Durupayog-anusandhan-aayogव्यवस्थापिका संसद्को सुशासन समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख लोकमानसिंह कार्कीसहित सबै पदाधिकारीलाई छलफलको लागि बोलाएको छ ।

सिंहदरबारस्थित समितिको कार्यालयमा शुक्रबार बसेको बैठकले प्रमुख आयुक्त कार्कीसहित सबै आयुक्तहरुलाई आइतबार बोलाउने निर्णय गरेको हो ।

बैठकले काठमाडौं विश्वविद्यालयको एमडीरएमएस प्रवेश परीक्षामा अख्तियारले हस्तक्षेप गरेको बिषयमा छलफलका लागि पदाधिकारी बोलाएको हो ।

शुक्रबारको बैठकमा समितिले काठमाडौं विश्वविद्यालयका पदाधिकारीसँग अख्तियारले हस्तक्षेप गरेको बिषयमा छलफल गरेको थियो ।

समितिले हस्तक्षेपको बिषयमा छानबिनको लागि उपसमितिसमेत बनाउने निर्णय गरेको छ ।

अख्तियारका प्रमुख आयुक्त कार्कीलाई महाअभियोग लगाउनुपर्ने माग गर्दै गोविन्द केसी अनशनमा हुनुहुन्छ ।

समितिको शुक्रबारको बैठकमा उपस्थित काठमाडौं विश्वविद्यालयका रजिष्टार भोला थापाले अख्तियारले विश्वविद्यालयको प्राज्ञिक क्षेत्रमा हस्तक्षेप गरेको र सोही क्रममा विश्वविद्यालयको कम्युटरमा प्रयोग गरिएको सीपीयूसमेत लिएर गएको बताउनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]